फेवातालको सिरान खपौदीबाट ताल पुरिएको माटो झिक्न शुरु

पोखरा, २६ माघ /पोखरा महानगरपालिकाले फेवाताल सिरान पोखरा १८ खपौदीको पुरिएको भागबाट माटो निकाल्न अभियान सुरु गरेको छ । दुई महिना अगाडी फेवातालको दुई ठाउँबाट माटो झिकेको महानगरपालिकाले दोस्रो चरण अन्तरगत फेवातालको सिरानबाट माटो झिक्न थालेको हो ।

महानगरपालिकाले पोखरा ६ को खहरे स्थित तालमा जमेको माटो र डेमसाइडबाट करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो निकालेको थियो । सर्वच्च अदालको आदेश पछि फेवातालको संरक्षणका जिम्मा पोखरा महानगरपालिकाको रहेको छ ।

अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ माघ १० गते दायर गरेको रिटमाथी अध्ययन र बहस गरेर ओम प्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले गएको पुस महिनामा फेवाताल अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन आदेश दिएको थियो ।

फेवातालको सिरान खपौदीबाट ताल पुरिएको माटो झिक्न शुरु
फेवातालको सिरान खपौदीबाट ताल पुरिएको माटो झिक्न शुरु

सर्वोच्च अदालतले ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै व्यक्तिको नाममा दर्ता भएको जग्गाको लालपुर्जा पनि एकबर्ष भित्रै खारेज गरी जग्गा तालको क्षेत्राधिकारमा ल्याउन निर्देशन दिईएको छ ।

फेवाताल संरक्षण र अतिक्रमणबाट रोक्न प्रदेश सरकारले एक्सन कमिटी गठन गरिसकेको छ । सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा सम्बन्धित क्षेत्रका सांसद र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई समेटेर ११ सदस्यीय एक्सन कमिटी गठन गरेको हो । एक्सन कमिटीले ६ महिनाभित्रै सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने छ ।

तत्कालीन समयमा विश्वप्रकाश लामिछाने संयोजकत्वको समितिले करिब ९ सय ५० जना व्यक्तिको लालपूर्जा नै खारेज गर्नुपर्ने सिफारिस गरेको थियो । १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रतिवेदनमा उल्लेख छ । २०१८ सालमा १० वर्ग्किलोमिटरमा फैलिएको फेवाताल २०६४ मा आईपुग्दा ४ दशमलव २० वर्ग्किलोमिटरमा खुम्चिएको तथ्यांक छ ।

फेवातालमा महानगरले डोजर चलायो, के छ मापदण्ड, वडा अध्यक्षको घर नै मापदण्डमा

फेवातालको सिरान खपौदीबाट ताल पुरिएको माटो झिक्न शुरु

फेवातालको सिरान खपौदीबाट ताल पुरिएको माटो झिक्न शुरु

Posted by Ganthan.com on Tuesday, April 9, 2019

कमेन्टहरु
Loading...