फेवा विकास बैंकको अध्यक्षमा विन्दुकुमार थापा

पोखरा, २१ वैशाख पोखरामा प्रधान कार्यालय रहेको फेवा विकास बैंकको अध्यक्षमा विन्दुकुमार थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले थापालाई सर्बसम्मतिबाट अध्यक्ष चयन गरेको हो ।

फेवा विकास बैंकको अध्यक्षमा विन्दुकुमार थापा
फेवा विकास बैंकको अध्यक्षमा विन्दुकुमार थापा

चैत ३० गते बसेको बैंकको साधरणसभाले थापा सहित रामभक्त रञ्जित, जगनबहादुर गुरुङ, सुशील गौचन, अमरबहादुर केसी, नारायणबहादुर बानियाँ, रवीन्द्र माकाजू र सञ्जिब बानियाँलाई सञ्चालक समिति सदस्यमा चयन गरेको थियो । पोखराको फेवा फाइनान्स र विश्व विकास बैंक गत वर्ष गाभिएर बनेको फेवा विकास बैंक नेपालकै उत्कृष्ट विकास बैंकमा पर्न सफल भएको छ ।

बैंकको चुक्ता पुँजी ९९ करोड ५० लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । निक्षेप संकलन १० अर्ब ६३ करोड रुपैयाँ र कर्जा लगानी ९ अर्ब ३३ करोड रुपैयाँ छ । सवा लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको बैंकको मुख्य कार्यालय सहित २७ वटा शाखा कार्यालय छन् । ‘छिटो छरितो रुपमा सेवाग्राहीलाई स्तरीय सेवा प्रदान गर्न सफल भएका छौं,’ प्रमुख कार्यकारी अधिृकत थापाले भने, ‘बैंकको सेवाबाट सम्पूर्ण ग्राहक सन्तुष्ट हुनुहुन्छ ।’

कमेन्टहरु
Loading...