फेसबुकबाटै मायालुको टुंगो

प्रेमीप्रेमिकाको खोजिमा अनलाइनमा डेटिङ साइटमा घोत्लिनेहरुलाई अब फुर्सद मिल्ने भएको छ । अनलाइन डेटिङ प्रोफाइल बनाएर डेटिङमा गएर रमाइलो गर्नका लागि मात्र नभएर जिवन बिताउने जोडी खोज्ने चलन पश्चिमा समाजमा पर्याप्त छ र हाम्रोमा पनि यो ट्रेण्ड भित्रिइसकेको छ । तर अब भने यस्तो डेटिङ प्रोफाइलको झण्झटबाट मुक्ति मिल्ने भएको छ । किनकी एउटा यस्तो नयाँ वेबसाइट सार्वजनिक भएको छ जसले फेसबुकबाटै जोडी मिलाइदिनेछ ।

facebook-dating

क्यानुडल डट कम नामक उक्त वेबसाइटले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अध्ययन गरी अविवाहितहरुलाई मिल्दो जोडी जुटाइदिने प्रयास गर्नेछ । फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखेको मनपर्ने चलचित्र, किताब, रुचीको विषय, ठाउँ जस्ता कुराहरुको अध्ययन गरी मन मिल्ने युवा युवतीबीच जोडि मिलाइदिने प्रयास उक्त वेबसाइटको हुने एक अस्ट्रेलियाली वेबसाइटले जनाएको छ ।

यो वेबसाइट ग्लोबल डेटिङ कम्पनी कुपिडले बनाएको हो । कुपिडका मार्क डटीका अनुसार यो नयाँ साइटले छिटो र सरल तरिकाले जोडी भेट्टाइदिनेछ । cp. onlinkhabar.com

कमेन्टहरु
Loading...