युरो कपमा आयोजक फ्रान्सको विजयी सुरुवात

पोखरा, २९ जेठ/युरो कपको उद्घाटन खेलमा आयोजक फ्रान्सले विजयी सुरुवात गरेको छ । खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै दिमित्री पयेटले फ्रान्सलाई युरो कपमा रोमानियामाथि सुखद सुरुवत गरेको हो । पयेटले खेलको अन्तिमतिर करिव ३० यार्डबाट गोल गर्दै घरेलु समर्थकलाई खुसी तुल्याए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५७ औं मिनेटमा ओलिभर जिरउडले गोल गर्दै घरेलु टोली फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । उनले पयेटको क्रसमा हेड गोल गरेका थिए ।

तर, यो धेरैबेर टिक्न सकेन । ६५ औं मिनेटमा रोमानियाका स्टान्कुले पेनाल्टी गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याए । घरेलु टोली उद्घाटन खेलमा नै अंक बााड्नेतिर उन्मुख भइरहेको बेला ८९ औं मिनेटमा पयेटले उत्कृष्ट गोल गरे ।

फ्रान्सको टोलीमा पल पोग्बा स्टार खेलाडी हुन् । तर, रोमानियाविरुद्धको खेलमा भने वेष्टहृयामबाट व्यवसायिक फुटबल खेल्ने पयेटले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

कमेन्टहरु
Loading...