डिभी चिठ्ठाको नतिजा आज राति आउँदै (कहाँ हेर्ने सहित)

पोखरा, २१ वैशाख /अमेरिकी डाइर्भसिटी भिसा (इडिभी )२०१७ को नतिजा आज राति सार्वजनिक हुँदैछ। सन् २०१५ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक तथा शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुन लागेको हो।

डिभी चिठ्ठाको आधिकारिक वेबसाइट https://www.dvlottery.state.gov मा गएर डिभी परे नपरेको हेर्न सकिनेछ। नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ।

युएस डिपार्टमेन्ट अफ स्टेटको ब्युरो अफ काउन्सुलर अफेयर्सको साइटले अमेरिकाको इस्टर्न डेलाइट टाइम (इडिटी) अनुसार ३ मे मध्यान्हदेखि डिभीको परिणाम आउने उल्लेख गरेको छ। नेपाली समयअनुसार आज राति ९ः४५ बजेपछि हो।

कमेन्टहरु
Loading...