होटल तथा रेष्टुरेण्टलाई आवश्यक सामग्री अब इजी होटलवयरस् पोखरामा

पोखरा, १७ मंसिर / पोखरामा होटल तथा रेष्टुरेण्टलाई आवश्यक सामग्री एक ठाउँमा उपलब्ध गराउने लक्ष्य सहित इजी होटलवयरस् सञ्चालनमा आएको छ । पोखरा र काठमाडौमा व्यवसाय गर्दै आएका तीन जना युवा व्यवासायीहरुले होटल तथा रेष्टुरेण्टलाई लक्ष्त गरी सञ्चालनमा ल्याएका हुन् ।

‘पोखरा र गण्डकी प्रदेशमा रहेका होटल तथा रेष्टुरेण्टमा आवश्यक सामग्री राखिएको छ,’ इजी होटलवयरस् प्रालि पोखराका अध्यक्ष यादब घिमिरेले भने ‘पहिलो धेरै तिर खोजी ड्निु पर्ने अवस्था थियो, अब त्यसको अन्य भयो ।’

काठमाडौंमा होटल सेलको व्यापार गर्दै आएका घिमिरे र पोखरामा भाडाँका सामग्रीको व्यापार गर्दै आएका रामकृष्ण पौडेल र राजु सापकोटाले पसल सञ्चालनमा ल्याएका हुन् । उनीहरु करिब ३ करोडको लगानीमा इजी होटलवयरस् सञ्चालनमा ल्याएको बताए । पसलमा होटल तथा रेष्टुरेण्ट र घरमा समेत प्रयोगमा आउने विभिन्न खाले सामग्रीहरु राखीएको घिमिरेले बताए ।

उनले पोखराका रेष्टुरेण्टहरुमा काटाँ चम्चा, पिलेट, कप, सरसफाइका सामग्रीहरु रहेको बढि खपत हुने गरेको बताए । उनले इजी होटलवयरस्मा करिब १५ सय भन्दा बढि फरक फरक प्रकारका सामग्रहीहरु भएको बताए । उनले १० देखी करिब ३ लाख ५० हजार सम्मका सामग्री भएको उलने बताए ।

इजी होटलवयरस्को रेष्टुरेण्ट एण्ड बार (रेवान) का अध्यक्ष भिमसेन भुजेलले उद्घाटन गरे । उनले पोखरामा होटल तथा रेष्टुरेण्टका लागि आवश्यका सामग्री एकै ठाउँमा नपाइना काठमाडौबाट ल्याउनु पर्ने अवस्थाको अन्तय भएको बताए ।

होटल तथा रेष्टुरेण्टलाई आवश्यक सामग्री अब इजी होटलवयरस् पोखरामा
होटल तथा रेष्टुरेण्टलाई आवश्यक सामग्री अब इजी होटलवयरस् पोखरामा
कमेन्टहरु
Loading...