डिभीको नतिजा (आज) शनिबार (कसरी हेर्ने सहित)

पोखरा, २४ जेठ / डाइभर्सिटी भिसा (डिभी) को नतिजा (आज) शनिबार राति आउने भएको छ ।

शनिबार जेठ २४ गते राति ९ः४५ बजेबाट हेर्न सकिने नेपालका लागि अमेरिकन राजदुताबासले विज्ञप्ती जारी गरि जानकारी दिएको छ ।

विज्ञप्तीमा डिभी पर्‍यो अथवा तपाईंको आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज नपठाउने जानकारी दिएको छ ।

यस्तो दावी गरिएका र तपाईंलाई डिभी पर्‍यो भन्ने व्यहोराका कुनै पनि ईमेल वा म्यासेज साँचो नहुने विज्ञप्तीमा उल्लेख छ ।

डिभी पर्‍यो या परेन थाहा पाउने एकमात्र र निःशुल्क उपाय http://dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर भएको उल्लेख छ ।

तपाइले सो कन्फर्मेसन नम्बर भुलेको वा हराएको भएपनि र्फगट कन्र्फमेसन नम्बरमा गएर तुरुन्त पाउन सकिने जनाएको छ ।

DV Entrant Status Check begins TODAY, Saturday, June 6 at 12 noon EDT and 21:45 Kathmandu time.

Remember that Successful entrants are not notified by email of the status of their E-DV online entry.

Any email claiming to notify entrants they have been selected for the DV program is not legitimate. Go to dvprogram.state.gov to check your status.

(If you have forgotten your Confirmation Number, use the “Forgot Confirmation Number” button to retrieve it.)

कमेन्टहरु
Loading...