‘अ प्लेस इन माइ हर्ट’ मञ्चन हुने

पोखरा, २८ कात्तिक/ पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्तिक ३० गते शुक्रबारबाट ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटकको बारेमा थिएटरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा निर्देशक रिर्चाड क्लोरीमोन्ट, पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङ, कलाकार बबिता मल्ल ठकुरी, शरद भण्डारीले बोलेका थिए ।

अमेरिकन थिएटर आर्टिष्ट रिर्चाड क्लोरीमोन्टको निर्देशनमा मञ्चन हुने नाटकमा बबिता मल्ल ठकुरी, देव बस्नेत, धिरेन्द्र पुन, धुर्व रोका, निश्चल विमल, रेवन राई, सुर्य सुवेदी, योजना पहारीको अभिनय रहनेछ । दश हप्ताको रिर्हसल पश्चात नाटक तयार भएको हो ।

नाटक मंसिर ८ गतेसम्म नियमित मञ्चन हुनेछ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको एक घण्टा अवधिको नाटकले दर्शकलाई पुर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा छ ।

विद्यार्थी तथा पर्यटलाई लक्षित गरि यो नाटक मञ्चन गराइने थिएटर अध्यक्ष कार्कीले जनाए । एक घण्टा लामो नाटकमा डाइलग कम बडी एक्सप्रेस बढी हुनेछ । निर्देशक रिर्चाडले कथा समेत आफै लेखेका हुन् ।

नाटक मार्फत पोखरा प्रतिको माया प्रस्तुत गर्न खोजेको उनले बताए । माइम फर्मेटको यो नाटकले दर्शकलाई नयाँ स्वाद सँगै मनोरञ्जन प्रदान गर्ने उनको विश्वास छ । ‘हिमाल देखि पोखरासम्मलाई नाटकमा समेटेको छुँ’ रिर्चाडले भने ।

नाटकका कलाकार बबिता मल्ल ठकुरीले यो नाटक मार्फत नयाँ अनुभव गर्न पाएको बताइन् । ‘क्रस कल्चरका कारण सुरुवातमा केहि समस्या भएपनि पछि मज्जा आयो’ बबिताले भनिन् ।

पोखरामा गन्र्धव नाटकघर सञ्चालनमा आएपछि यहाँ नियमित रुपमा नाटक मञ्चन हुन थालेको छ । यसअघि यहाँ २० वटा नाटक मञ्चन भइसके । नाटक हेर्न १ सय, २ सय, ३ सय र ५ सयको टिकट काट्नुपर्नेछ ।

 

कमेन्टहरु
Loading...