डा. गोविन्द केसीको समर्थनमा पोखरा सभा तथा भ्रस्टचार विरुद्द सडक सन्देश

पोखरा, २० असोज /डा. गोबिन्द केसीका मागहरुको समर्थनमा तथा संसदहरुको तलब भत्ता वृद्धिको विरोधमा पोखराको चिप्लेढुङगामा बुधबार संकेतिक बिरोध कार्यक्रम सम्पन्न भएको छ। डा गोबिन्द केसी मृत्यु र जिबनको दोसाधमा रहेको बेला उनको माग पुरा गर्नको सट्टा सांसदहरुको तलब भत्ता वृद्दि अनुचित भएको भन्दै “सोलिडारिटि फर डा गोबिन्द केसी अलायन्स” पोखराका अभियान्ताहरुले पागल ब्याण्ड लगाई भ्रष्टचार विरुद्ध नारा लगाएका थिए।

डा. गोविन्द केसीको समर्थनमा पोखरा सभा तथा भ्रस्टचार विरुद्द सडक सन्देश
डा. गोविन्द केसीको समर्थनमा पोखरा सभा तथा भ्रस्टचार विरुद्द सडक सन्देश

सांसदहरु जनादेशको बेवाश्ता गर्दै आफ्नै फाईदाको लागि जुटेको परिपेक्षमा सर्वसाधरणबाट रु १ का दरले पैसा संकलन गरी जम्मा रु २५२ जिल्ला प्रशासन कार्यलय मार्फत नेपाल सरकारलाई बुझाउने अभियान्ताहरुले बताएका छन्। उक्त कार्यक्रममा माथेमा आयोगको प्रतिवेदन तथा डा गोबिन्द केसीका मागको बारेमा प्रकाश आचार्यले सर्वसाधरणलाई जानकारी गराउनु भएको थियो।

मानव अधिकारवादि अभियान्ता टेकनाथ बराल , सामाजिक अभियान्ता तथा नागरिक समाजका अगुवा राम बहादुर पौडेल तथा समाजसेवि बिष्णु बराल लगाएतका व्यक्तित्वहरुले भ्रष्टचार बिरुद्द र डा केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउनु भएको थियो। उक्त कार्यक्रममा गुरु बरालले केसीको आन्दोलन तथा व्यक्तित्वको वारेमा कविता वाचन गर्नु भएको थियो।

अन्य वक्तामा सरोज गौतम, सौगात पोखरेल, मिलन सुवेदिले दबाब कार्यक्रममा आफ्ना धारणा राखदै विसङगती विरुद्द युवालाई जुट्न आग्रह गर्नु भएको थियो। यस कार्यक्रमको सञ्चालन युवा अभियान्ता सङगित लामिछाने गर्नुभएको थियो। कार्यक्रमको संयोजक राजाराम के।सीले यस्ता अभियानलाई निरन्तर दिदै भ्रष्टचार विरुध्द लडिरहने बताउनु भएको थियो।

कमेन्टहरु
Loading...