डोल्पामा ठुलो परिमाणमा नगद र सुन लुटपाट, ब्यापक प्रहरी परिचालन

चन्द्रश्वर बस्ताकोटी /मुस्ताङ, साउन २३ गते । बिकट हिमाली जिल्ला डोल्पाको साल्डाङ गाबिस सुम्डो भन्ने स्थानबाटठुलो परिणममा नगद र सुनका गरगहना लुटपाट भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । डोल्पाको रिठ्ठे काईगाउबासीहरु तिब्बतको क्याक्टोमा बहुमुल्य यार्सागुम्वा लगि बेचेर फर्कने क्रममा बाटोमै लुटिएको बताइएको छ । करिब साढे ६ करोड र ६ तोला सुन लुटपाट भएको हो ।धरै हिडनु पर्ने भएकाले २२ गते मात्र प्रहरीकोमा उजुरी गर्न आएका पिडितहरुले गत २० गते राती करिब १२ जना हतियार सहितका नकाबधारीहरुले ६ करोड ४१ लाख ३७ हजार र ६ तोला सुनका गरगहना लुटेर लगेको बताएका छन । उनीहरुका अनुसार साझ ६ बजे देखि राति १ बजे सम्म सबैको एकएक गरि हतियार देखाउदै छामछुमपारी लुटिएको हो । “सबैले मुख छोपेका थिए, तर उनीहरुले खाम भाषा बोलेका थिए उनीहरु तिब्बति नभई नेपाली नै हुन” पिडितहरुले एकै स्वरमा जिल्ला प्रशासन कार्यालय डोल्पामा भने । लुटिने २३ जनाकोही पनि घाइते भने भएका छैनन ।
“हामीले लुटपाट भएको जानकार्री पाउना साथ २१ गतेबाट नै ब्यापक प्रहरी परिचालन गरेका छौ । तिब्बत बाहेक नेपाल तर्फ अन्य छिमेकि जिल्लामा समेत ब्यापक प्रहरी परिचालनका लागि अनुरोध भईसकेको छ” भन्दै “२३ जना काईगाउबासीले हिजोमात्र अत्तालिदै रुदै आएर पहिले ६० करोड भन्दा बढिलुटीएको बताएका थिए, पछि एक एक गरि हिसाब गर्दा ६ करोड ४१ लाख ३७ हजार र ६ तोला सुनका गरगहना लुटिएको तथ्याक निस्किएको हो,” जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरिक्षक डम्वर थापाले टेलिफोनमा बताउनु भयो ।
लुटपाटको खवर आएपछि मुस्ताङका घमी देखि घासा सम्मका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको मुस्ताङका प्रहरी निरिक्षक चुरा बहादुर कार्कीले बताउनु भयो । मुस्ताङको घमी, कागबेनी ढार्काजुङ, कोवाङ, र घासामा प्रहरी तैनाथ गरिएको छ । यसै गरि म्याग्दी, बाग्लुङ, रुकुम, रोल्पा लगायतका जिल्लामा समेत प्रहरी परिचालनका लागि अनुरोध गरिएको छ ।
पिडितहरुका अनुसार धेरै नेपाली रुपैया र केहिमात्रामा चिनिया युयान समेत लुटिएको छ । अधिकास डोल्पाबासीहरुले यार्सागुम्वा लगेर सामान खरिद गरेर ल्याउने गरेपनि केहिले मात्र पैसा लिएर बिक्री गर्ने गर्दछन । तिब्बतमा यार्सागुम्वा बेचेर हिमाली जिल्लाका बासीन्दाले अरवौ रुपैया आम्दानी गर्दै आएका छन ।

कमेन्टहरु
Loading...