त्रिशूली बस दुर्घटना : ३१ जनाको मृत्यु, २९ जनाको सनाखत

धादिङ,  ११ कात्तिक/धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेँसीको बाङ्गेबाट शनिबार​​ बिहान त्रिशुली नदीमा यात्रु बस खस्दा ३१ जनाको ज्यान गएको छ  ।ज्यान जाने २९ जनाको सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय गजुरीले २९ जना मृतकको सनाखत भएको जनाएको हो ।

दुर्घटनामा ज्यान जानेमा  सिराहा गोलबजार ८ का ५० वर्षका राज कपुर यादव, सप्तरी बोधेबर्साईन १ का १५ वर्षका चन्द्र रेखा प्रमाणी, राजविराज नगरपालिका १६ की ७४ वर्षकी चन्द्रावती झा, तिलाठी कोइलारी गाउँपालिका १ का ३३ वर्षका मन्जित कुमार झा, देउरिया भरुवा नगरपालिका १८ का १८ वर्षका बसका सहचालक​ नरेश मुखिया, नरैयाका ३ वर्षका सुशान्त चौधरी र नरैयाका २४ वर्षका रामानन्द यादवको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए ।

यसैगरी, सप्तरी बोधेबर्साइन २ का ६ वर्षका आदित्य यादव, तिलाठी गाउँपालिका ३ का ३८ वर्षका संजित कुमार झा, नरैयाकी २६ वर्षकी पार्वती चौधरी, तिलाठी ३ की ३५ वर्षकी सम्मि कुमारी झा, बोधेबर्साइन ३ की १५ वर्षकी चन्द्र लेखा प्रमाणी, माहादेवा ९ का २७ वर्षका प्रमोद ईसार, कृष्णसरोवन ४ का २९ वर्षका सुधिर कुमार यादव, भारत बिहार मधुवनिका १२ वर्षका मनिष ठाकुर, भारत बिहारकी २९ वर्षकी ममता देवी ठाकुर, सिराह नराह गाउँपालिका १० का ३० वर्षका उदय मण्डल, सप्तरी बोधेबरर्साइन २ की २५ वर्षकी आशीकी कुमारी यादव, कृष्णसरोवन ४ की ५ वर्षकी समीक्षा यादव, सिराह लहान नगरपालिका ६ की ३७ वर्षकी प्रभा चौधरी, सप्तरी राजविराज १३ का ३० वर्षका ऋषि आनन्द देव र राजविराज १४ का २० वर्षका आदित्य झाको पनि सनाखत भ​एको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरी बोधेबरर्साइन २ की १३ वर्षकी समिक्षा कुमारी यादव, सम्भुनाथका ५ वर्षका सुदिप चौधरी, बोधेबरर्साइन ३ की ९ वर्षकी चित्र रेखा बरमाणी, बोधेबरसाईन ३ की १ वर्षकी मानवी यादव, बोधेबरर्साइन २ का ३५ वर्षका सुरेन्द्र चौधरी, बोधेबरर्साइन ३ की ११ वर्षकी चित्र रेखा प्रमाणी, बोधेबरर्साइन २ का ६ वर्षका पशुपति चौधरीको सनाखत भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस शनिबार​​ बिहान साढे ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको थियो ।दुर्घटनापछि शनिबार​ बेलुकासम्म उद्दारको काम भइरहेको थियो ।घाइते मध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...