डिजार्यनर डाईरी सिजन १ को फाईनल पोखरामा

पोखरा, ५ असार /पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ब्लुए रेय्स पोडक्सनको आयोजनामा डिजार्यनर डाईरी सिजन १ को लागि पहिलो राउन्ड सम्पन्न भएको छ ।

डिजार्यनर क्षेत्रमा प्रवेश गर्ने चाहना भएका १५ जना प्रतिशप्रधी सहभागी भएको ईभेन्ट मा फाईनलको लागी १० जना प्रतिशप्रधी छानिएका छन । सुस्मीता मगर , इम्तिहज खान , मनिषा गुरुङ , मनु थापा , मानव गुरुङ , खुशी मगर , सम्झना गुरुङ , रेनु तुलाचन , सिमरन तामाङ , तुलसी महत लगाएका डिजार्यनर प्रतिशप्रधीले फाईनलका लागी छानीएका हुन । जसको कोरियोग्राफर सिजर्ना क्षेत्रीले गर्नु भएको थियो ।

असार १४ गते दिउसो २ बजे बाट पोखरा ओजनको भव्य हलमा हुन लागेको उक्त फाईनल शो का निमित्त तयारी तिब्र पारीएको आयोजकले जनाएको छ । पहिलो राउन्डबाट छानीएका १० जना डिजार्यनर प्रतिशप्रधीले फाईनलका लागी आफुहरुले बनाएको ड्रेस उपलब्ध गराउने छन ।

फाईनलका लागी सबै १० जना प्रतिशप्रधी डिजार्यनर हरुले पाच वटा ड्रेस कलेक्सन उपलब्ध गराउनु पर्ने कोरियोग्राफर सिजर्ना क्षेत्रीले जनाउनुभएको छ ।

प्रतिशप्रधी फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ । उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।

डिजार्यनर डाईरी सिजन १ का बिजेताले उपाधी क्राउन संगै पचास हजार रुपैया नगद बराबरको म्युजिक भिडियो सम्झैता र नेपालको ख्याती प्रप्त म्याग्जीन कभर फोटो शुट गर्न पाउने आयोजकले जनाएको छ । बिजेतालाई चितवन , काठमान्डै , पोखरा, धरान , लगाएतका स्थानमा शोलो रनओए प्याकेज र अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् भने अन्य दश वटा बिभिन्न सब टाइटलमा पनि पुरस्कृत गरिने भएको छ ।

मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट वन्चित र यस क्षेत्रको वारेमा विभिन्न जानकारी हासील गरि व्यबसायिक रुपमा मोडल र फेशन डिजाइनर बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने ब्लुए रेय्स पोडक्सनको ईभेन्ट म्यानेजर सागर आर्चायले बताउनु भयो ।

ब्लुए रेय्स पोडक्सन बिगत सात बर्ष देखि पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस किसिमको फेशन शो ले पोखरामा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरु र फेशन डिजाइनरको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ ।

कमेन्टहरु
Loading...