अध्ययनका लागि‘साइप्रस’जाने विद्यार्थीहरुका लागि सेमिनार

पोखरा, २७ भदौ/ ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले अध्ययनका लागि साइप्रस जानचाहने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सेमिनारको आयोजना गरेको छ । सृजनाचोक स्थित आफ्नै कार्यालयमा भदौ २७ गते शुक्रबार सेमिनार हुने कम्पनीले जनाएको छ ।

निशुल्क रुपमाहुने सेमिनारमा साइप्रसको शिक्षानीति, अध्ययनकालागिलाग्ने प्रकृया, शुल्क र त्यहाँको बसाईको बिषयमा जानकारी दिईने ज्ञान इन्स्टिच्यूटकी संचालक अकृजा पोखरेलले जानकारी दिईन् । ‘नेपालबाट बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि साइप्रस गज्जबको गन्तब्यहो ।

सामान्य नतिजा भएका विद्यार्थीहरुलाई पनि साइप्रसले स्विकार गर्छ । र, साइप्रस जानका लागि कुनै पनि खालको भाषा परिक्षा दिईरहनु पनि पर्दैन ।’ पोखरेलले भनिन्–‘विद्यार्थी र अभिभावकहरुलाई यो सेमिनारमा अझै विस्तृतमा बुझाईनेछ । त्यसैले यो मौका नगुमाउनुहोला ।’

कमशुल्कमा यूरोपियन स्टान्डर्डको अध्ययन गर्न पाईने भएपछि पछिल्लो समय नेपाली विद्यार्थीहरु साइप्रसतर्फ आकर्षित भैरहेका छन् । साइप्रस जानका लागि विद्यार्थीहरुले झन्झटिलो प्रकृयाबाट गुज्रनुपर्दैन । ‘साइप्रस यूरोपियन युनियनको सदस्य राष्ट्र हो ।

तर विद्यार्थीहरु अध्ययनका लागि साइप्रस जाँदा आइईएलटिएस गर्न नपर्ने, इन्टरभ्यूका लागि दिल्ली सम्म पुग्न नपर्ने व्यवस्था गरिएको छ । जसले गर्दा विद्यार्थीलाई सजिलो हुन्छ ।’ इन्स्टिच्यूटकी संचालक पोखरेलले भनिन्–‘र, विद्यार्थीलाई भिसाको ग्यारेन्टी पनि हुन्छ ।’

ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले चाइनिज, जापानिज, जर्मन, आइईएलटिएस जस्ता भाषाका कक्षाहरु संचालनगर्दै आएको छ । त्यस्तै शैक्षिक परामर्शदाता कम्पनीको रुपमा इन्स्टिच्यूटले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिकासँगै डेनमार्क, फ्रान्स, जर्मनी, पोल्याण्ड, माल्टा लगाएतका यूरोपियन मुलुकमा जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

कमेन्टहरु
Loading...