साइकल सिटी पोखराद्वारा विश्व शान्तिस्तुपमा बेञ्च

पोखरा, ३ बैशाख /स्वास्थ्य बातावरण र पर्यटनको उद्देश्य बोकेको साईकल सिटी पोखराले विश्व शान्ति स्तुपामा पर्यटक विश्रामको लागि ४ बटा फलामका बेञ्च हस्तान्तरण गरेको छ ।

साइकल सिटी पोखराद्वारा विश्व शान्तिस्तुपमा बेञ्च
साइकल सिटी पोखराद्वारा विश्व शान्तिस्तुपमा बेञ्च

कार्यक्रममा विश्व शान्ति स्तुपा समितिका अध्यक्ष प्रकाश मान गुभाजुले साईकल सिटी पोखरा स्थापनाकाल देखि आफनो उद्धेश्य अनुसार जुन सामाजिक कार्य गदै अघि बदिरहेको छ । त्यो अत्यन्त सह्रानीय तथा अनुकरणिय रहेको बताउदै बेन्च प्रदान गर्नु भएकोमा धन्यबाद पनि दिनुभएको थियो । सो कार्यक्रम अध्यक्षता प्रकाश बज्राचार्य गरेका थिए भने कार्यक्रम संचालन सचिव अभिषेक कोईरालाले गरेका थिए ।

त्यसै गरि सो नव वर्ष नयां काम थालनी गरौ भन्ने उद्धेश्यका साथ साईकल सिटी पोखरा अन्तरगत साईकल मैत्री पर्यटकिय शहर निमार्ण परियोजनाको पोखरा साईकल लेन सिटी कार्य प्रारम्भ उपभोक्ता समितिले शान्ति स्तुपा कालिमाटी हँुदैे रानीबनको बिश्व शान्ति जैबिक बिविधता उद्यानको मुलगेट सम्मको साईकल सिङ्गल ट्रयाक निमाण कार्यको श्रृजनशिल क्लवका अध्यक्ष झम्कनाथ देवकोटा, कालिमाटी बिश्व शाँिन्त टोल बिकाश संस्थाका अध्यक्ष राजु क्षेत्री, कालिमाटी बिश्व शाँिन्त स्तुपा मोेटरबाटो समितिका सचिव एव श्रूजनशिल क्लवका संस्थापक अध्यक्ष कूण्ण बराल र साईकल मैत्री पर्यटंकिय शहर निमार्ण परियोजना एवम पोखरा साईकल लेन सिटी निमार्ण कार्य प्रारम्भका उपभोक्ता समितिका संयोजक निरज थापाले सयूक्त रुपमा शुभारम्भ गरेका थिए ।

सो अवसरमा श्रूजनशिल क्लवका अध्यक्ष झम्कनाथ देवकोटाले साईकल सिङ्गल ट्रयाकको निमार्ण कार्य यो एउटा नौलो सोच रहेको यस कारणले यस बिश्व शान्ति स्तुपामा साईकल बाट आउने पर्यटकको संख्या उल्लेख रुपमा अझै बदने बिश्वास ब्यक्त गर्नु भयो ।

सांईकल मैत्री पर्यटकिय शहर निमार्ण एवम पोखरा साईकल लेन सिटी कार्य प्रारम्भका उपभोक्ता समितिका संयोजक निरज थापाले यो साईकल सिङ्गल ट्रयाकको निमार्णले पोखरामा पनि अन्तराष्ट्रिय स्तरको साईकल रेस प्रतियोगिता गर्न सकिने र यस किसिमको प्रतियोगिताले अवश्यनै पोखरामा पर्यटकको संख्या बदनुको साथै पोखराको चिनारी पनि साईकलको माध्यमले बिश्वलाई गर्न सकिने दुर्ई मत नरहेको बताउनु भयो । सो कार्यक्रम निरज थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन सो परियोजना एवम उपभोक्ता समितिका सचिव प्रकाश बज्राचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...