क्रस दी बोर्डरमा गभर्नर नेपाल

पोखरा, २६ साउन/उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को आउँदो शृंखला २७ गते शुक्रबार हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमको यो शृंखलामा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । ‘नेपालको वर्तमान आर्थिक अवस्था र मौद्रिक नीति विषयमा गभर्नरसँग अन्तक्र्रिया हुनेछ,’ थापाले भने ।

निजी क्षेत्रमैत्री भनेर चिनिने डा। नेपाल यसअघि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष थिए । डा. नेपालसँग परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको सल्लाहकार भएर काम गरेको अनुभव छ । त्यसैगरी, निजी क्षेत्रका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमा सल्लाहकार एवं परामर्शदाताका रुपमा काम गरेको अनुभव उनीसँग छ । उनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा २८ वर्ष अध्यापन गरेका छन् ।

डा। नेपालले बनारस हिन्दु विश्वविद्यालयबाट सन् १९९४ मा म्याक्रो इकोनोमिक्समा विद्यावारिधि गरेका छन् । उनले वीपी विचार र अर्थतन्त्रसम्बन्धी पुस्तक लेखेका छन् । डा. नेपाल पनि खुल्ला बजार अर्थतन्त्रका कट्टर पक्षपाती हुन् ।

क्रस दी बोर्डर कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...