काठमाडौं, ५ वैशाख / नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् ।
उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो अनलाइन खबरले समाचर लेखेको छ ।
चितवनमा पिसिआरबाट परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिए पछि पुन परीक्षका लागि काठमाडौमा पठाएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।