पोखरामा कोरोना संक्रमित सगँ सम्र्पकमा आएका स्वास्थयकर्मी र अन्य क्वारेन्टिनमा

सागर राज तिमिल्सिना
पोखरा, २३ जेठ/ पोखराबाट काठमाडौं लगिएका कोरोना संक्रमितसँग सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य मानिसहरु शुक्रबार साँझबाटै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

गत मंगलबार बिहानदेखि ती बिरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई प्रहरीले क्वारेन्टिनमा बस्न पठाएको प्रहरीले जानकारी दिएको छ । स्वास्थ्यकर्मी बाहेक अन्य पनि आफै शुक्रबारदेखि घरमै अलग्गै कोठामा बसेको प्रहरीको भनाई छ ।

उनको उपचार संलग्न रहेका पोखरा दुईवटा अस्पतालका स्वास्थ्यकर्मी, अस्पतालमा भेट्न पुगेका साथीहरु सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकी र पोखरा महानगरपालिका, नेपाल प्रहरीले संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्न थालेको छ ।

शुक्रबार काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ६० वर्षे पुरुष पोखराका दुई अस्पतालमा उपचार पछि काठमाडौं गएका थिए । तीन दिन अघि पोखराबाट काठमाडौं हेलिकप्टरबाट उपचारका लागि लगिएको खुलेको हो । काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो हो ।

पोखरा ८ आलुमाइला चोकमा बस्दै आएका उनी मंगलबार बेहोस अवस्थामा भेटिए पछि पोखराको मेट्रो सिटि अस्पतालमा उपचारका लागि पु¥याएका थिए । मेट्रो सिटि अस्पतालमा चेकजाँच गरेपछि अस्पतालले गण्डकी मेडिकल कलेजमा रिफर गरेको थियो । उनका आफ्न्त काठमाडौंमा भएका पछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो ।

उनलाई काठमाडौंमा लगरे स्वाब परीक्षण गर्दा पोजेटिभ देखी पछि पोखरामा उनी सगँ भेट भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ । अन्य खोज तलास शुरु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

उनी बिरामी अवस्थामा भेटिएदेखि काठमाडौं पु¥याउने बेलासम्म धेरै जनाको सम्पर्कमा आएका थिए । अहिलेसम्म कोरोना संक्रमित नभेटिएको कास्कीमा यो घटनाले कास्कीमा खतराको घन्टी बजेको छ ।

उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस व्रिफिङमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...