कास्कीको मादी गाउँपालिका १९ महिने बालिकालाई कोरोना, बाबु आमालाई छैन

पोखरा, ६ असार / स्वास्थय निर्देशनालय गण्डकीले शनिबार कास्कीको मादी गाउँपालिकामा १९ महिने शिशु सहित २ जनामा कोरोना भाइरस पुष्टिको जानकारी दियो । कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष रहेका छन् ।

१९ महिने बालिकाका आमा बाबुमा कोरोना नेगेटिभ आएको छ । ‘बा भारतबाट आएका थिए । उनी क्वारेन्टिमा नै बसेको थिए ।’ मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले भने ‘आमा छोरी बाबुलाई भट्न आइ रहने भएका कारण संका लागेर परीक्षण गर्दा बालिकामा कोरोना पोजेटिभ देखीयो ।’

बालिकाका बाबु केही दिनअघिमात्रै गाउँ आएका थिए । तर, गाउँ आएर पनि सीधै क्वारेन्टिनमा बसिरहेको उनले बताए । परीवारको भेट भइरहेको आधारमा परिवारकै स्वाब परीक्षण गरेको उनले बताए । तर, शिशुको मात्रै पोजेटिभ आयो ।

परिवारका अन्य सदस्य तथा सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ सुरु गरिएको उनको भनाई छ । मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित २२ दिनअघि बम्बैबाट गाउँ फर्किएका थिए ।

कमेन्टहरु
Loading...