बैशाखमा हुने भनिएको कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं, २५ चैत /कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका सार्वजनीक भएको थियो ।

सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको नयाँ तालिका पछि सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको थियो ।

कमेन्टहरु
Loading...