कक्षा ११ को परीक्षाफल सार्वजनिक (NEB Class 11 result)

काठमाडौं, २९ पुस /राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको परीक्षाफल सार्वजनिक गरेको छ । शनिबार एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।

नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।

परीक्षाको नतिजा http://neb.ntc.net.np/ मा हेर्न सकिने छ ।

कमेन्टहरु
Loading...