छोराको जन्मदिनमा बालआश्रममा सहयोग

पोखरा, ८ असोज/पछिल्लो समय आफ्ना छोराछोरीको जन्मदिन अभिभावकले धुमधामका साथ मनाउने गर्छन् । घरमा होस् वा होटलमा भव्य पार्टी समेत हुन्छ । तर आफ्नो एक वर्षे छोरा निष्प्रभ सुवेदीको जन्मदिनमा एउटा जोडीले बाल आश्रममा रहेका बालबालिकाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेका छन् । शिव सुवेदी र लक्ष्मी अधिकारी सुवेदीको जोडीले राष्ट्रिय परोपकार महासंघले संचालन गरेका बालआश्रमलाई दश हजार रुपैँया बराबरको खाद्यान्न तथा फलफुल वितरण गरेको हो । सुवेदी हाल शिखर ईन्स्योरेन्समा कार्यरत छन् ।

‘केहि पुण्य काम होस् भनेर हामीले छोराको जन्मदिनमा बालआश्रमलाई खाद्यान्न र फलफुल वितरण गरेका हौँ ।’ निष्प्रभवका बुवा शिवले भने–‘हाम्रो परिवारका सबै सदस्यको जन्मदिन अब यसरी नै दान गरेर मनाउने योजना बनाएको छु ।’ निष्प्रभका आमा लक्ष्मीले पनि छोराको जन्मदिनमा बाल आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा आफुलाई निकै खुशी लागेको बताईन् ।

सुवेदी जोडीले दिएको दान ग्रहण गर्दै राष्ट्रिय परोपकार महासंघका अध्यक्ष कमलनयन गौतमले बालक निष्प्रभलाई आर्शिवाद दिएका थिए । साथै उनले विशेष दिनहरुलाई दान गर्ने दिन बनाउन समेत सबैलाई आग्रह गरे । ‘अनावश्यक खर्च गरेर मोजमस्ती गर्नुभन्दा कुनै पुण्य काम गर्दा मानव धर्म हुन्छ ।’ उनले भने–‘सबैको यस्तै सोँच भएको खण्डमा देश विकासमा पनि यसले योगदान पु¥याउँछ ।’

कमेन्टहरु
Loading...