पोखराको चिल्ली बार एण्ड रेष्टुरेण्ट दश वर्षमा, विभिन्न सस्थालाई सहयोग

पोखरा, १८ बैशाख /पोखराको लेकसाइडमा रहेको चिल्ली बार एण्ड रेष्टुरेण्ट दशौँ बर्षमा प्रबेश गरेको छ ।

बार्षिक उत्सवको अवसर पारेर बारले बुधबार एक कार्यक्रम गरी विभिन्न संग सस्थालाई सहयोग तथा रक्तदान कार्यक्रमको आयोजना गरी सहयोग हस्तान्तरण गरेको छ ।

पोखराको चिल्ली बार एण्ड रेष्टुरेण्ट दश वर्षमा, विभिन्न सस्थालाई सहयोग
पोखराको चिल्ली बार एण्ड रेष्टुरेण्ट दश वर्षमा, विभिन्न सस्थालाई सहयोग

कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजीब पहारीले चिल्ली ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर भिष्मराज पौडेललाई ब्लड व्याग हस्तान्तरण गरि उद्घाटन गरे ।

कार्यक्रममा पहारीले बारले रेष्टुरेण्टमा कार्यरत कर्मचारीको कल्याणकारी कोषका लागि २५ हजार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बात्सायन बृद्धाश्रमका लागि २५ हजार र नमस्ते सामुदायिक प्रतिस्ठानका लागि २५ हजार नगद हस्तान्तरण गरे । सोही अवसरमा पर्यटन प्रहरीका लागि ४ वटा साइकल, ५ वटा ह्यलचियर हस्तान्तरण गरे ।

पोखराको चिल्ली बार एण्ड रेष्टुरेण्ट दश वर्षमा, विभिन्न सस्थालाई सहयोग
पोखराको चिल्ली बार एण्ड रेष्टुरेण्ट दश वर्षमा, विभिन्न सस्थालाई सहयोग

सांसद पहारीले बारले सामाजीक क्षेत्रमा दिएको सहयोगले सामाजीक क्षेत्रको विकासमा योगदान पुग्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारी, गण्डकी प्रदेश अखिल नेपाल होटल रेष्टुरेण्ट मजदुर संघका अध्यक्ष राजेन्द्र तिमिल्सिना, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी शर्मा लगायतले शुभकामना दिएका थिए ।

नेपाली तथा विदेशी पर्यटकलाई लक्ष्त गरि सञ्चालीत बारमा स्वस्थ, स्वच्छ र स्वादिस्ट खानाका परिकार पाइने ग्रुपका प्रबन्ध निर्देशक विश्वराज पौडेलले जानकारी दिए । उनले वार्षिक उत्सवको अवसरमा विषेश छुटको समेत दिएको बताए ।

उनले १ सय ५० जनालाई बारले एकै पटक सेवा दिन सक्ने बताए । ग्रुपका अध्यक्ष गोविन्द शर्मामा विखर्चीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...