चेरिस्मा इम्पोरियमको शाखा दुलेगौंडामा

पोखरा, ३ जेठ/पोखराको न्युरोडमा रहेको चेरिस्मा इम्पोरियम एण्ड बुटिकको शाखा तनहुँको दुलेगौंडामा सञ्चालनमा आएको छ । लगानी बिस्तार गर्ने क्रममा तनहुँमा शाखा सञ्चालनमा ल्याइएको सञ्चालक सीता बरालले जानकारी दिइन् । शाखाको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । शाखामा बराल सहित लक्ष्मी सिग्देल श्रेष्ठको पनि लगानी छ ।

charisma ko branc
charisma ko branc

इम्पोरियममा साडी, कुर्था, लेहेंगा, अनारकली, टप्स, कपडा, झोला तथा चप्पल लगायत विभिन्न प्रकारका कपडा पाइन्छ । ‘बुटिक भर्ने सुविधा पनि उपलब्ध छ,’ बरालले भनिन्, ‘ग्राहकको चाहना अनुसारको सेवा उपलब्ध गराउन हामी सफल भएका छौं ।’ दुलेगौंडा शाखाबाट त्यस क्षेत्रका महिलाहरुलाई प्रत्यक्ष टेवा पुग्ने बरालले बताइन् । ‘नाफाको मात्र लक्ष्य नराखी सेवाको भावनाका साथ शाखा सञ्चालनमा ल्याएका छौं,’ बरालले भनिन् । महिलाले लगाउने आधुनिक तथा ब्राण्डेड कपडाहरु सुपथ मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उनको प्रतिबद्धता छ ।

शाखा उद्घाटनको कार्यक्रम पाँच दिनसम्म जारी रहने अर्का सञ्चालक श्रेष्ठले बताइन् । ‘शाखा उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था गरेका छौं,’ उनले भनिन्, ‘ग्राहकलाई सन्तुष्ट बनाउने गरी सेवा प्रदान गर्नेछौं ।’ ब्राण्डेड कपडाहरुकोे सोरुमको आवश्यकतालाई चेरिस्माको शाखाले पुरा गरेको उनको दावी छ ।

शाखा उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले दुलेगौंडा क्षेत्रमा पछिल्लो समय व्यावसायिक सम्भावना बढिरहेको बताए । पोखरा लेडी जेसिजका अध्यक्ष प्रमिला सुवेदीले चेरिस्माले शाखा बिस्तार गरेर व्यावसायिक फड्को मारेको धारणा राखिन् ।

सौन्दर्यवीद तथा गुरुङ व्युटिपार्लरका सञ्चालक चिनु गुरुङले व्यावसायिक क्षेत्रमा महिलाहरुको लगानी बढ्नु प्रशंसनीय भएको बताइन् । सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्मा वर्षाले चेरिस्मा इम्पोरियम महिला उद्यमशीलताको सफल नमुना भएको धारणा राखिन् । कार्यक्रममा मानव मीलन समूह अध्यक्ष पार्वती पौडेल, लुकिङ कलेक्सनकी सञ्चालक सोभिता खड्का, आदर्श टोल विकास संस्था अध्यक्ष दुर्गा शर्मा, लाली गुराँस आमा समूह अध्यक्ष सरस्वती पोखरेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...