चरक हस्पिटलको सेवा सुचारु

मंसिर १०, कास्की /विगत २३ दिनदेखि र्ईमर्जेन्सी बाहेक सम्पुर्ण सेवा प्रभावित हुदै आएको पोखराको गण्डकी मेडिकल कलेज (चरक) हस्पिटलको सम्पुर्ण सेवा आई तबारबाट सुचारु भएको छ । कर्मचारी आन्दोलनका कारण स्थगीत भएको हस्पिटल आईतबारबाट सम्पुर्ण सेवाहरु सुचारु भएको हस्पिटलले जनाएको छ ।

यही मंसिर १४ गते श्रम कार्यालय पोखरामा बस्ने बैठकले गरेको तलव बृद्धिको निर्णयलाई मान्य हुने गरी आन्दोलन फिर्ता गराउन माग गरे पछि कर्मचारीहरु काममा फर्किएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सन्तोस कुमार खनालले बताए ।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, गण्डकी मेडिकल कलेज, चरक हस्पिटलका अध्यक्ष बाबुराम रानाभाटले १ हजार ६ सय तलव बृद्धि हुने गरी आफुहरुको आन्दोलन हाललाइ स्थगीत गरेको बताए । उनले ६ हजारदेखि १७ हजार ५ सय तलव खाने ४ सय ३७ जना कर्मचारीहरुको तलवमा ८ सय र ८ सय भक्ता पाउने गरी श्रम कार्यालयमा औपचारीक मान्यता दिने मौखीक सहमती भएका कारण आफुहरु काममा फर्किएको बताए ।

आन्दोलनरत कर्मचारीहरुले १७ सय, १८ सय र २ हजारसम्म तलव बृद्धि हुनु पर्ने माग राख्दै आफ्नो अडान राखे पछि पटक पटक भएको वर्ता समेत निष्कर्षमा पुग्न नसक्दा लामो समयसम्म हस्पिटलका सेवाहरु प्रभावित हुदै आएको हो । यता व्यावस्थापन पक्षले १ हजार ३ सय ५० भन्दा बढी तलव बृद्धि गर्न नसक्ने हडान राखेको थियो ।

हस्पिटलले टेकबहादुर कुवंर र दुर्गाबहादुर गुरुङ दुई जना सुरक्षा गार्डलाई निलम्वन गरेको छ । प्रालिले स्पष्टीकरण नदिएको तथा कलेजमा काम गर्न गएका व्यक्तिहरुलाई गेटबाटै फर्काएको कारण उनीहरुलाई निलम्वन गरेको जनाएको छ । यदी उनीहरुले व्यावस्थापन पक्षको चिक्त बुझ्दो स्पष्टीकरण दिएमा पुन राख्न सक्ने बताए ।

कमेन्टहरु
Loading...