पोखरामा अन्तराष्ट्रियस्तरको कासाङ्ग च्यालेन्ज कप हुने

पोखरा, ६ कात्तिक / पोखरामा आउदो शुक्रबार र शनिबार अन्तराष्ट्रिय स्तरको द कासाङ्ग च्यालेन्ज कप हुने भएको छ । नेपाल एशोसियसन अफ ¥याफिट्ङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरामा कार्तिक ८ र ९ प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइक्लिङ, रनिङ र कायाकिङमा प्रतिस्पर्धा गरिने आयोजक नारा गण्डकी प्रदेशका अध्यक्ष विरेन्द्र लामाले जानकारी दिए ।

बुधबार पत्रकार सम्मेलन गरेर च्यालेन्जमा सहभागीले साइक्लिङ, दौड र कायकिङ गर्ने जानकारुी दिए । पोखराको हल्लनचोकदेखी याम्दी दोभान सम्म ७ दशमलब ५ किलोमिटर दुरीमा साइक्लिङ, याम्दी दोभानदेखी मर्दीखोला दोभान सम्मको ६ दशमलब ५ किलोमिटर दुरीमा रनिङ गरी मर्दी खोला दोभानदेखी याम्दी दोभान सम्म ८ किलोमिटर दुरीमा डाउन रिभर रेस कायाकिङ गर्ने छन् ।

पुरुष र महिला गरी दुई विधामा हुने प्रतियोगितामा पुरुष र महिला तर्फ दुवै विद्यामा सहभागीले प्रथम पुरस्कार १ लाख, दोश्रो हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी साइक्लिङ र रनिङ समेत दुवै विद्यामा प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार नगद प्राप्त गर्ने प्रतियोगिताका टेक्निकल को अर्डिनेटर नाराका निवर्तमान केन्द्रिय अध्यक्ष निम बहादुर मगरले जानकारी दिए ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा नेपाल संगै क्यानडा, भारत, अष्ट्रेलिया, इङ्गयाण्ड, वेलायत, अर्जेन्टिना, अष्ट्रिया, फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, न्युजील्याण्ड, जापान, नेपाल लगायतका देशबाट करिब २ सय जनाको सहभागीता रहने ेपाल एशोसियसन अफ ¥याफिट्ङ एजेन्सी (नारा) गण्डकी प्रदेशका सदस्य मिलन तिवारीले जानकारी दिए ।

पोखरालाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने यो इभेण्टले महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीको भनाई छ । गत वर्ष कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन २२ वर्षिया कासाङ्गाको निधन भएपछि उनको परिवारले स्थापना गरेको कोषबाट यो प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । उनका बाबा आमाले प्रतियोगितालाई सहयोग समेत गरेका छन् ।

कमेन्टहरु
Loading...