पोखरामा बिजी बी रिसोर्ट सञ्चालनमा

पोखरा, १७ पुस / पोखराको लेकसाइडमा बिजी बी रिसोर्ट सञ्चालनमा आएको छ । बुधबार औपचारीक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नायिका स्वतिमा खड्का, गण्डकी प्रदेश सभाका सांसद राजीव पहारीले रिसोर्टको उद्घाटन गरे ।

पोखरा लामो समय देखी स्तरीय सेवा प्रदान गर्दै आएको बिजी बी क्याफेको सञ्चालकहरु कै टिमले रिर्सोट सञ्चालनमा ल्याएको हो । बिगत २० वर्षदेखि पोखरामा बिजी बि क्याफे सञ्चालनमा छ ।
युवा व्यवसायीहरु योगेश भट्टराई, ज्याक तामाङ, सुनिलबहादुर भट्टराई, सरोज भट्टराई र वसन्त महतको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

बिजी बी रिसोर्ट
बिजी बी रिसोर्ट

करिब ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टमा १० करोड रुपैयाँ लगानी गरेको अध्यक्ष ज्याक तामाङले बताए ।  ३४ वटा फेमेली रुम सहित सञ्चालनमा आएको रिसोर्टमा स्विमिङ पुल, सेमिनार हल, स्पा, साउना, स्टिम, वार तथा रेस्टुरेन्टको समेत सुविधा छ ।

डिलक्स, सुपरडिलक्स, फ्मेली र स्वीट रुम रिसोर्टमा उपलब्ध रहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । उनले ४ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ सम्मका रुमहरु रिसोर्टमा उपलब्ध रहेको बताए । पुरानो वैदाम अथवा अहिलेको लेकसाइड झल्कने गरी रिसोर्टको संरचना निर्माण गरेको बताए ।

रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान हुने अर्का सञ्चालक सुनिलबहादुर भट्टराईले बताए । पर्यटन वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए । उनले ध्वनी प्रदूषणरहित हुने गरी कोठाहरु बताएको बताए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ उद्घाटन गर्दै स्तरीय रिर्सोट सञ्चालन गरेको बधाई दिए । उनले पोखरा सुन्दर रहेको सुन्दर बनाइ राख्न विद्युत प्राधिकरणले तारहरुलाई अण्डरग्राउड गर्ने योजना बताएको बताए ।

कमेन्टहरु
Loading...