बिग एफएममा दशैमा ‘महा–आजिजा’

पोखरा, २३ असोज/ पोखराको बिग एफएमले बडादशैँको अवसर पारेर यस वर्ष पनि रेडियो गेम शो ‘महा आजिजा’ गर्ने भएको छ ।

‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २४ गते घटस्थापनादेखि असोज २९ गतेसम्म चल्ने एफएमले

जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ ।

रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । ‘सहभागीहरुले २० हजार

सम्म जित्न सक्छन् ।’ कार्यक्रमको बारेमा प्रस्ट्याउँदै बिग एफएमका प्रोग्राम चिफ शंकर तिवारीले भने–‘सहभागीहरुलाई ६ दिनसम्म

विभिन्न चरण गरेर खेलाईनेछ ।’ प्रतियोगितामा सहभागी हुनका लागी स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गर्नुपर्ने कार्यक्रम

संयोजक तिवारीले जानकारी दिए ।

गेम शोमा सहभागिताको लागि स्रोताहरुले मोबाइलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम स्पेश आफ्नो नाम ठेगाना लेखेर

४३२१ मा पठाउनुपर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा

सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा क्रमशः पैसा

जित्दै जानेछन् । ‘स्रोताहरुको बौद्धिक विकास गराउने हाम्रो लक्ष्य हो । त्यसैले आफ्नो आईक्यू टेस्ट गर्न चाहने र बिग एफएमसंगै दशैँ

मनाउन चाहने स्रोता तथा शुभेच्छुकहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।’ तिवारीले भने ।

६ दिनसम्म चल्ने रेडियो गेम शो ‘महा–आजिजा’ हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म स्रोताहरुले सुन्न र खेल्न सक्नेछन् । रेडियोले नयाँ

वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आउको छ ।

यसैबीच, यस कार्यक्रममा प्रमुख प्रायोजकका रुपमा कालिगण्डकी अक्सिजन ग्याँस प्रालि जोडिएको छ । प्रालिका कार्यकारी निर्देशक

माधव बस्ताकोटी र एफएमका मार्केटिङ म्यानेजर अनिशा नेपालीबीच सो सम्झौतामा हस्ताक्षर भयो ।

कमेन्टहरु
Loading...