१५ औ भुकम्प सुरक्षा दिवसमा प्रभातफेरी

पोखरा, २ माघ/१५ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा पोखरामा प्रभातफेरीको आयोजना भयो । पोखराको चिप्लेढुङ्गाबाट शुरु भएको प्रभातफेरी ¥याली महेन्द्रपुल, नयाबजार , पृथ्वीचोक सभागृह हुदै सभागृह हलमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै भुगोलबिद डाक्टर कृष्ण केसीले भुकम्म जुनसुकैबेला पनि आउन सक्ने भएकाले यसबाट वच्नका लागी सतर्क रहनुपर्नेमा जोड दिए । भुकम्पले मानिसको मृत्यू हुने नभइ मानिसले निर्माण गरेका संरचनाहरुबाट मृत्यूहुने वताउदै भुकम्प प्रतिरोधात्मक भवन तथा घरहरु निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा जुनसुकै बेला भुकम्प आउन सक्ने वताउदै डाक्टर केसीले विशेष गरी पोखराको धरातलहरु भित्र विभिन्न गुफाहरु रहेको र सेतीको आसपासका वस्तीहरु खतरामा रहेको वताउदै आगामी दिनमा सेती नदी आसपासका क्षेत्रहरुमा भवन निर्माण गर्नमा नगरपालिकाले रोक लगाउनुपर्ने वताए । त्यसैगरी इन्जीनियर नारायण गुरुङ्गले पोखरा उपमहानगरपालिकामा दक्ष यन्जीनियरहरु नभएका कारण भुकम्प प्रतिरोधात्मक भवनहरु निर्माण हुन नसकेको वताए ।

उनले भने पोखराका विभिन्न अस्पताल तथा अपार्टमेन्टहरु दक्ष इन्जीनियरको अभावका कारण भूकम्प प्रतिरोधात्मक तरिकाले वनेका छैनन कुनैपनि वेला भुकम्प आउदा भवन भत्किएर मानिसहरुको मृत्यू हुन सक्छ । विशेष गरी सेती नदि किनार र गुफाका वरिपरि वनेका घरहरु भुकम्प आउदा ठूलो मात्रामा असर पर्ने गरेकाले त्यसबारेमा पोखरा उपमहानगरपालिकाले चासो दिनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा भुकम्प आउदा के कस्तो सावधानी अपनाउने र घाइतेहरुको कसरी उपचार गर्ने बारेमा समेत जानकारी दिइएको थियोभने कार्यक्रममा पोखरामा रहेको विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...