पोखरामा बिइङ ह्यूमन क्लोथिङ पुनः सञ्चालन

पोखरा, १८ पुस / पोखरामा बिइङ ह्यूमन पुनः सञ्चालनमा आएको छ । बलिउड सुपरस्टार सलमान खान संरक्षक रहेको बिइङ ह्यूमन फाउण्डेसनद्वारा सञ्चालित बिइङ ह्यूमन क्लोथिङ बन्द भएको ४ महिनापछि पुनः सञ्चालनमा आएको हो ।

बिइङ ह्यूमनको आधिकारिक विक्रेता बस्त्र इन्क प्रालिको सञ्चालक फेरिएसँगै यो पुनः सञ्चालनमा आएको हो । नयाँ नेतृत्व फेरिएपछि काठमाडौंमा १२ दिनअघी देखि ह्यूमन विइङ क्लोथिङ स्टोर पुनः सञ्चालनमा आएको थियो भने पोखरास्थित पोखरा ट्रेडमलमा बिहीबारदेखि पुनः सञ्चालनमा आएको बस्त्र इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले बताए ।

बख्रेलका अनुसार बस्त्र इन्क प्रालिमा आफूसहित, सन्तोषचन्द्र बख्रेल, सुरज केसी र राजु थापा सञ्चालकका रुपमा रहेका छन् । सञ्चालकहरुबीच खटपट भएपछि ४ महिना अघिदेखि विइङ ह्यूमन क्लोथिङ बन्द रहेको थियो ।

बस्त्र इन्क प्रालिले ९ करोड खर्चेर बिइङ ह्यूमन क्लोथिङ सञ्चालन गर्दै आएको छ । अब यसले २ महिना भित्रमा चितवन र हेटौंडामा २ वटा आउटलेट सञ्चालन गर्ने बख्रेलले बताए ।

भारतको मुम्बईबाट सामान ल्याएर बेच्ने गरेको बस्त्र इन्क प्रालिले आफूले बेचेको सामानको केहि प्रतिशत रकम बलिउड नायक सलमान खानद्वारा सञ्चालित विइङ ह्यूमन फाउण्डेसनमा जाने जनाएको छ । उसले नेपालबाट जाने पैसा विइङ ह्यूमन फाउण्डेसनमार्फत नेपालकै सामाजिक कार्यमा खर्चिनुपर्ने भन्दै त्यसका लागि पहल भइरहेको बख्रेलले बताए ।

being Human

being Human

Posted by Ganthan.com on Thursday, January 2, 2020

कमेन्टहरु
Loading...