बेगनासताल सरसफाई अभियानको ६९ औं श्रृंखला

लेखनाथ, २५ साउन /बेगनास युवा क्लवको बृहत बेगनासताल सरसफाई अभियान अन्र्तगत शनिवार ६९ औं श्रृंखला सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष रामवहादुर रानभाटको नेतृत्वमा बेगनासताल महिला समूह, होटल तथा रेष्टुरेण्ट एशोसियशन अफ लेखनाथ, बेगनासताल बजार व्यवस्थापन समिति, रानाभाट सेवा समाज बेगनासताल, मिलनसार तमु समाज, नमूना टोल विकास संस्था, शिलशिला इङ्गलिस स्कुल तथा रेडगोल्ड मन्टेश्वरी पोखरा ३१ का विद्यार्थी सहितको टोलीको सहभागिता रहेको थियो ।

सहभागीले बेगनासताल बजार, बेगनासताल प्रवेशद्धार, मन्दरेपार्क, डयामसाइड क्षेत्रमा गरी १० बोरा फोहर संकलन गरेको क्लवका अध्यक्ष रानाभाटले जानकारी दिए । क्लवले निरन्तर जारी राखेको बेगनासताल सरसफाई अभिायन ६९ औं श्रृंखलासम्म आइपुग्दा विस्तारै जनचेतना अभिबृद्धि हुँदै गएको उनले बताए ।

स्थानीयले पूर्णरुपमा साथ दिएको बताउँदै, क्लवका अध्यक्ष रानाभाटले बेगनासताल क्षेत्र घुम्न आउँनेहरुले डष्टविनमा फोहर व्यवस्थापन नगरिदिदा थोरै समस्या भएको उल्लेख गर्दै, जनचेतनाका थप अभियानहरु गर्दै लगिने समेत बताए ।

कमेन्टहरु
Loading...