बन्दकर्ताद्धारा मोटरसाइकल तोडफोड

पोखरा २९ भदौ / नेकपा– माओवादीले आब्हान गरेको नेपालबन्दको क्रममा प्रेस युनियन कास्कीका सभापति शिरोमणी वरालको मोटरसाइकल तोडफोड भएको छ । घरबाट कार्यालय आउने क्रममा बन्दकर्ताहरुले बराललाई चिप्लेढुङ्गामा माओवादीका कार्यकर्ताले मोटर साइकल रोकेर तोड्फोड गरेका थिए ।

ग ६ प ४३८६ नम्वरको मोटरसाइकल तोडफोड गरेका हुन । प्रेस कार्ड देखाउदा देखाउदा पनि बन्दकर्ताहरुले मोटरसाइकलबाट झारेर मोटरसाइकल माथी ढुङ्गा प्रहार गरे तोडफोड् गरेको बरालले बताए । तोडफोडका कारण मोटरसाइकलको पछाडिको भागमा , अगाडीको भागमा क्षति पुगेको छ । बन्दका क्रममा आन्दोलन कारीहरुले प्रेस, एम्बुलेन्स, खानेपानी, एम्बुलेसन लगाएतका सवारी साधनलाई गुड्न दिएका थिए ।

कमेन्टहरु
Loading...