अस्ट्रेलियामा नेपालीलाई रोजगारी दिन काठमाडौमा सेमिनार

एजेन्सी सहयोगमा

अस्ट्रेलियामा नेपालबाट दक्ष कामदार लैजानका लागि नेपालमा दुई दिने गोष्ठी हुने भएको छ । अस्ट्रेलियन सरकारको सहभागितामा दुई दिने स्कील माइग्रेसन सेमिनारबाट पक्ष कामदार लैजाना योजना छ । माइग्रेसन, इनोभसन नर्दन टेरोटेरी ९मिन्ट० नामाकरण गरिएको दुई दिने कार्यशाला गोष्ठी आगामी मार्च ९ र १० तारिख अर्थात फागुन २५ र २६ गते काठमाडौमा हुनेछ।

अस्ट्रेलियाको नर्दन टेरोटेरी राज्य सरकारको प्रत्यक्ष सहभागिता र केबीए ग्लोबलको आयोजनामा हुन लागेको यो दुई दिने गोष्ठीमा नेपालमा रहेको दक्ष जनशक्तीलाई अस्ट्रेलियामा रोजगारी र स्थायीत्वको अवसर प्रदान गर्ने विषयमा केन्द्रित रहनेछ।

अस्ट्रेलियाको ग्रामिण इलाकामा नर्सिंङ, ईन्जिनियरिङ, एकाउन्टिङ र प्राविधिक कामदारको टड्कारो आवश्यकता रहेकाले नेपालका दक्ष जनशक्ति भित्र्याउने उद्धेश्यले गोष्ठीको आयोजना गर्न लागिएको केबीए ग्लोबलले जानकारी दिएको छ ।

नेपालमा आयोजना हुने दुई दिने गोष्ठी सञ्चालनका लागि नर्दन टेरोटेरी राज्यका स्कील माइग्रेशन विभागका सहायक निर्देशक रिचार्ड फो र डार्बिन इनोभेसन हबका निर्देशक हार्ली पलोक नेपाल आउने छन् ।

कमेन्टहरु
Loading...