पोखरामा असिना पानी, ५ करोड ५० लाख बढीको तरकारी र अन्नबाली क्षती

पोखरा, २१ फागुन / पोखरामा बुधबार दिउँसो परेको असिना पानीले ५ करोड ५० लाख बढीको तरकारी, अन्नबालीमा नोक्सान पु¥याएको छ । पोखरा १८ तोरीपानी, खपौदी, पदेली लगायतका क्षेत्रमा किसानले लगाएको काउली, बन्दा, लसुन, प्याज लगायतका तरकारी र पाकेर छिन्ने बेलाको तारी, उवाँ, गहुँ लगातका अन्नबाली सहीत २ करोड बढीको क्षती भएको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

पोखरा २२ पुम्दीमा २ करोड बढीको तरकारी बाली र अन्नमा असिनाले क्षती पु¥याएको पनि उनले जानकारी दिए । पोखरा २४ कास्कीकोटमा ६० लाख, पोखरा २१ निर्मल पोखरीमा ५० लाख र पोखरा १७, ५, ६ र ७ मा ४० लाख बढीको क्षती पुगेको बुधवार असिनापानी परेको क्षेत्रमा अनुगमन गरेका महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले बताए ।

पोखरा १८, २२, २४ र १७ मा बुधवार सम्म पनि असिनाको थुप्रो खेत वारीमा रहेको थियो । गत वर्ष तरकारी उत्पादनका ठुला पकेट क्षेत्रमा समेत असिना पर्दा ५० करोड बराबरको क्षती भएको उनले बताए ।

६ रोपनीमा तोरी, दुई रोपनीमा उवा, तीन रोपनी जमीनमा तरकारी लगाएको छिनभरमा असिनाले सखाप पारेको पोखरा १८ पदेलीका किसान भरत गोतामेले बताए । यस वर्ष वर्षा राम्रो भएकोले तोरी गत वर्ष भन्दा दोब्बर उत्पादन हुने गरि फष्टाएको अवस्थामा छिन्ने बेलामा असिनाले ढुटो पारेकोस्थानीय मुगा पहारीले सुनाइन् । तोरी सगै साग, काउली, बन्दा लगायतका सबै तरकारी असिनाले नष्ट गरेको उनले बताइन् ।

असिनाले तरकारी, अन्नबाली नष्ट गर्दा वडा नम्बर १८ मा २ करोड बढीको नोक्सान पुगेकोले किसान मर्कामा परेको पोखरा १८ का वडा अध्यक्ष कर्णबहादुर थापाले बताए । ठुलो क्षेत्रमा लगाइने अन्नबाली जोगाउन नसके पनि वर्षेनी असिनाबाट हुने तरकारीको नोक्सानी कम गर्न किसानले प्लाष्टिकको टनेल, जाली लगाउन महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले किसानलाई सुझाए ।

किसानले बालीको विमा गर्न तर्फ ध्यान नदिएकोले यस तर्फ पनि ध्यान दिनु पर्ने उनले बताए । वर्षमा ६ सय रुपौयाँ तिरेर बाली विमा गर्दा एक लाखको विमा हुने महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले बताए ।

 

कमेन्टहरु
Loading...