यति हिमालन शेर्पा विरुद्ध राजु तामाङको गोल (भिडियो सहित)

बिभागिय टिम नेपाल आर्मी तेस्रो सफल पोखरा कपको सेमिफाईनलमा प्रबेश गरेको छ । यति हिमालयन शेर्पा क्लबलाई २–१ ले पन्छाउदै आर्मीले अन्तिम दुईको लागि मनाङसंगको भेट पक्का गरेको हो । १७ औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा शेर्पा प्रतियोगिताबाट बाहिरियो । शेर्पाको लागि सेगुनले ३५ यार्ड परबाट हानेको उत्कृष्ठ प्रहार गोलमा परिणत भएको थियो । 
आर्मीले भाग्यको साथ संगै पहिलो हाफको अन्तिम मिनेटमा बराबरीको मौका पायो । ४५ औँ मिनेटमा टंक बस्नेतलाई हिमालयन शेर्पा क्लबका खेलाडी पाल्साङ लामाले डी एरियाभित्र लडाएपछि पाएको पेनाल्टीलाई आर्र्मीका राजु तमाङले सदुपयोग गरे । पहिलोहाफमा थपिएको अतिरिक्त समयको दोस्रो मिनेटमा टंक बस्नेतको प्रहार शेर्पाका गोलरक्षक मान बहादुर तामाङले पञ्च गरेपनि रिवाउण्ड बललाई राजु तामाङले नै गोल गरे ।

कसरी गरे गोल भिडियो

कमेन्टहरु
Loading...