स्याउ एक फाइदा अनेक

स्याउ एक फाइदा अनेक हुन्छन् भने भनाई गाउँमा सुन्दै आएको हो । इटिंग एन एप्पल अ डे, किप्स डक्टर्स अवे अर्थात् दिनमा एउटा स्याउ खानाले डाक्टरलाई टाढै राख्छ भन्ने उखानै छ ।

स्याउ
स्याउ

यसको अर्थ नियमित रुपमा स्याउ खानाले मानिस स्वस्थ बन्छ र उपचारको लागि अस्पताल वा डाक्टरकहाँ धाइरहने टण्टा कम हुन्छ । स्याउले मृत्युलाई पनि टाढा बनाउने तथ्य पछिल्लो अध्ययनबाट पुष्टि भएको छ । अध्ययन अनुसार दिनमा एउटा स्याउ खानाले मानिसको अल्पायु मरणको जोखिम ३५ प्रतिशतले कम हुन्छ ।

शोधकर्ताहरुका अनुसार दिनमा एउटा सानो गेडा अर्थात् सय ग्राम स्याउ खाने महिलाहरुको औषत आयु स्याउ नखाने महिलाको भन्दा धेरै देखिएको छ । युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका शोधकर्ताहरुले ७० देखि ८५ वर्ष उमेर समूहका मानिसमा १५ वर्षसम्म अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

सहभागी गराइएका १४ सय ५६ जना मानिसलाई उनीहरुको खानेकुराको बारेमा प्रश्न सोधिएको थियो ता की उनीहरुको मरणशीलताका जोखिमलाई स्याउले कसरी प्रभावित गर्दछ भन्ने कुराको भेउ पाउन सकियोस् । शोधकर्ताहरुका अनुसार हामीले खाने विभिन्न फलफूलहरुले भिन्न भिन्न खाले स्वास्थ्य लाभ प्रदान गर्दछन् । तर स्याउले भने निकै उच्चस्तरको लाभ पूराउने गरको छ ।

खासगरी स्याउमा पाइने पर्याप्त फाइबर तथा फ्लाभोनोइड्स तत्वले मानिसमा कोशिकाहरुको क्षयिकरणलाई रोक्ने काम गर्दछ । स्याउ सँगै स्ट्रबेरी, आरु, गाजर लगायतमा पनि यो तत्व पाइन्छ । स्याउमा सबैभन्दा धेरै पाइने फ्लाभिनोइड्सले मानिसको रक्तकोशिकालाई खुम्चिनबाट जोगाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्नुका साथै क्यान्सर लगायतका रोगको जोखिम पनि कम गर्ने शोधकर्ताहरुको भनाई छ । स्याउमा पाइने फाइबरले कोलस्ट्रोल तथा रक्तचाप घटाउन पनि सहयोग गर्दछ । स्याउमा म्याग्नेसियम, पोटासियम तथा भिटामिन सी पनि पर्याप्त मात्रामा पाइन्छ ।

कमेन्टहरु
Loading...