नेपाल आइडलबाट किन बाहिरिइन् ’गोल्डेन माइक’ विजेता नीलिमा

पोखरा, ७ मंसिर / नेपाल आइडलमा स्वरको जादु चलाउन सफल पोखराकी नीलिमा थापा शुक्रबारको नेपाल आइडलको कार्यक्रमबाट बाहिरिएकी छन् । नीलिमाले आइडलबाट बाहिरिएपछि सधैंभरि गायनलाई नै साथी बनाउने बनाइन् ।

नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी हुन् । उनीसँग दुई थरी स्वरको जादु छ । बोल्ने बेलामा केही मोटो स्वर निस्कने नीलिमा जब गीन गाउँदा भने अर्कै स्वरको जादु ।

सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन् । उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी थिइन् ।

आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी छन् । आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् ।

एपिवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन् । कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन् ।

कमेन्टहरु
Loading...