दिवेश अमेरिकन आइडलको टप १० मा

एजेन्सी / नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा पुग्न सफल भएका छन् ।

जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए ।

त्यो क्रम अहिले पनि जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो ।

कमेन्टहरु
Loading...