लेकसाइडका भुजेलद्वारा एम्बुलेन्स अभियानमा १० हजार सहयोग

पोखरा, ११ फागुन/पोखरा लेकसाइडका कमल बहादुर भुजेलले एम्बुलेन्स अभियानलाई १० हजार १ सय रुपैया सहयोग गरेका छन् । सामाजिक सञ्जालमा एम्बुलेन्स अभियानमा आर्थिक संकलन शुरु भएको जानकारी पाउनु भएका भुजेलले अभियानको सफलताको कामना गदै सो रकम सहयोग गरेको बताए ।

नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयलाई समाजसेवी एवं लक्ष्मण मनिचेन्जरका सञ्चालक समेत रहुन भएका कमल बहादुर भुजेलले नगद १० हजार १ सय सहयोग गरे । उनले आबश्य परे आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउदै स्वरेकको बारेमा सुनेको तर पुग्न नपाएको भन्दै एकपटक स्वरेक पुग्ने इच्छा पनि ब्यक्त गरे ।

राम्रो कार्यमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्तगर्र्दे भुजेललले सहयोगी मनहरु लाई राम्रो कार्यमा सहयोग गर्न पनि आग्रह गरे । नमुना स्वरेक सामाजिक कोष कतारको पहलमा शुरु भएको अभियान अहिले सम्पुर्ण अभियान बन्दै गएकोमा नमुना स्वरेक सामाजिक कोष कतारले सहयोगी मन प्रति आभार प्रकट गरेको छ ।

कमेन्टहरु
Loading...