बसको ठक्करबाट एक ज्यान गयो एक घाइते

सागर राज तिमिल्सिना
पोखरा, २३ असोज/काठमाण्डौबाट बाग्लुङ्गतर्फ जाँदै गरेको ना.५.ख. ८७४ नं. को बसले सोही दिशाबाट जाँदै गरेको ग.२.प. ९६६८ नं. को मोटरसाईकललाई ठक्कर दिंदा एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

मोटरसाईकल चालक कास्कीको सराङ्गकोट गाविस ६ का २८ वर्षिय मधुसुदन अधिकारीको ज्यान गएको छ भने सोही ठाउँका ३६ वर्षिय सुमन नेपाली घाइते भएका छन् । आज विहान साढे ३ बजेको भएको दुर्घटनामा अधिकारीको मणिपाल शिक्षण अस्पतलामा उचारका क्रममा ज्यान गएको हो ।

घाइते नेपालीको पोखरा चरक अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न बस र बसका चालक मकवानपुर जिल्ला गोगने गा.वि.स. का ४१ वर्षिय फत्तलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...