मनाङको पोखरा कपमा ह्याट्रिक

सागर राज तिमिल्सिना
पोखरा, ११ बैशाख/लक्ष्मीहुण्डाई मनाङ मस्र्याङदी क्लबले पाँचौं मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि जित्दै ह्याट्रिक गरेको छ ।

मनाङको पोखरा कपमा ह्याट्रिक
मनाङको पोखरा कपमा ह्याट्रिक

पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मनाङले उपाधिमा ह्याट्रिक गरेको हो । मनाङ दोस्रो र तेस्रो पोखरा कपको विजेता हो । मनाङलाई जित दिलाउन म्यान अफदी म्याच बन्न सफल अनिल गुरुङ र विदेशी खेलाडी अफिज ओलावालेले २÷२ गोलको योगदान दिए भने सुजल श्रेष्ठले १ गोल गरे ।

मनाङले उपाधिसहित ५ लाख ५ हजार ५५५ रुपैयाँ पुरस्कार पायो । उपविजेता आर्मीले २ लाख ५५ हजार ५५५ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितासर्वोत्कृष्ट खेलाडी बनेका मनाङका अनिल गुरुङले मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ पेम्बा गुरुङ, मनाङका किरण चेम्जोङ उत्कृष्ट कीपर, मनाङकै कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर, आर्मीका बिमल राना उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही १५ हजार र प्रमाणपत्र पुरस्कार पाए ।

त्यस्तै सर्वाधिक ५ गोल गरेका एपीएफका रञ्जन बिष्ट र मनाङका ओलावाले उपाधि बाँडेर लिए । खेलको २० मिनेटमा मनाङका हेमन गुरुङलाई र आर्मीका सन्तोष तामाङले हातपात गरेपछि रेफ्री सुदीप पाण्डेले दुबैलाई रेडकार्ड दिँदै मैदान बाहिर पठाएका थिए ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिसद्का सदस्यसचिव केशवकुमार बिष्ट, एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष धर्मसिंह लामिछाने, प्रयोगिता संयोजक मिलन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । सोहि कार्यक्रममा फुटबल विकासमा योगदान पु¥याएको भन्दै पूर्व खेलाडी मोतिमान शाक्यलाई सम्मान गरेको थियो ।

कमेन्टहरु
Loading...