​ यी हुन् बैंकको पाँच करोड ठग्ने युवती

काठमाडौं, २० मंसिर ।
एक सहायक स्तरकी कर्मचारीको योजनामा कृषि बिकास बैंकमा करिब पाँच करोड घोटाला भएको छ । सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर ठगी गरेकी हुन् । उनलाई सिआईबीले पक्राउ गरिसकेको छ ।
उक्त घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथी  छानबिनमा तानिएका छन् । घोटलाको रकम  उप रथी डा.रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ  घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता नै पक्राउ  गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर दिपिका रेग्मी, अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

कमेन्टहरु
Loading...