होमस्टे परियोजनामा लमजुङबाट तीनवटा छनोटमा परे

लमजुङ l गण्डकी प्रदेशको होमस्टे परियोजनाका लागि लमजुङका तीनवटा होमस्टे छनोट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लमजुङका तीनवटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको हो ।

प्रदेशभित्रका ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेकोमा प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो । ३० वटा होमस्टे छनोट भएकोमा लमजुङको राइनास नगरपालिका-३ मा रहेको कुडुले सामुदायिक होमस्ट , बेसीशहर नगरपालिका ६ मा रहेको पुमागाउँ सामुदायिक होमस्टे र बेसीशहर नगरपालिका-३ मा रहेको काउलेपानी सामुदायिक होमस्टे रहेका छन् ।

काउलेपानी र राइनास होमस्टेको सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेको पदमार्ग निर्माणको लागी छनोट गरिएकोे हो । छनोटमा परेका तीनवटा होमस्टेलाई प्रतिहोमस्टे १० लाखका दरले ३० लाख नगद अनुदान उपलब्ध गराइनेछ ।

कमेन्टहरु
Loading...