हत्या अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडौं । सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका –८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजीक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज पक्राउ गरेको हो ।

रामेछाप घर भएका श्रेष्ठका नाममा काठमाडौँ जिल्ला अदालतले विसं २०७४ मा वारेण्टसमेत जारी गरेको थियो ।

उनलाई ब्युरोबाट खटिएको टोलीले आज ललितपुर महानगरपालिका –५ थसीखेलबाट पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

गेष्ट हाउसमा मृत फेला

कामपा– ३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक व्यक्ति आज मृत फेला परेका छन् ।
उक्त होटलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...