स्वतन्त्र उम्मेदवार ऋृगेन्द्र नेपाली गिरीलाई बिभिन्न समर्थन

पोखरा । कास्की क्षेत्र नम्बर २ प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार ऋृगेन्द्र नेपाली गिरी लाई राजनैतिक पार्टि तथा अभियन्ताहरुले समर्थन गर्ने भएका छन् । नेपाली कांग्रेस बीपीले स्वतन्त्र उमेदवार गिरीलाई समर्थन गर्ने भएको छ । शनिबार पोखराको न्युरोडमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बी पी का केन्द्रीय सदस्य पुस्कल कोइरालाले पार्टीको तर्फ उमेदवार गिरीलाई शुभकामना तथा समर्थन ब्यक्त गरे । उमेदवार गिरीको उत्पादनमुखी कार्ययोजनालाई आफ्नो पार्टीले समर्थन गरेको केन्द्रीय सदस्य कोईरालाले बताए ।

त्यस्तै उमेदवार गिरीलाई धार्मिक समुह बिश्व हिन्दु युवा संघले समेत समर्थन गर्ने भएको छ।विश्व हिन्दू युवा संघ का अध्यक्ष रिशिकेश जंग शाह को उपस्थितीमा सम्पन्न कार्यक्रममा उमेदवार गिरीलाई विश्व हिन्दू युवा संघ ले समर्थन गर्ने घोषणा गरेको हो। गिरीको अभियान ‘नेपाल बन्छ जब नेपालमै बन्छ” नारा नै समर्थनको लागी काफी भएको र समय सान्दर्भिक योजना सहीतको उमेदवार भएकोले संघले आगामी निर्वाचनमा समर्थन गरेकोअध्यक्ष शाहले बताए।ब्यबाहारीक एजेण्डा सहीतको युवा उमेदवार भएकोले कास्की क्षेत्र न २ को लागी ऋगेन्द्र नेपाली गिरी नै उपयुक्त उमेदवार भएको शाहले बताए।

त्यस्तै पुनर्जागरण पार्टीको केन्द्रिय समितीको निर्णय अनुसार पुनर्जागरण पार्टीको उम्मेदवार नभएको कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ऋगेन्द्र नेपाली गिरीलाई समर्थन गर्ने गरी प्रत्यक्षमा क्रस खुकुरी चुनाव चिन्हमा मतदान गर्न र समानुपातिकमा मैनबत्तीमा मतदान गर्न पार्टी अध्यक्ष स्याम बाबु गौतमले अपिल गरेका छन्।अर्को राजनैतेक दल जन समाजबादी पार्टी नेपालले समेत आगामी निर्वाचन मा उमेदवार गिरीलाई समर्थन गर्ने भएको छ।पार्टीका महासचिब डम्बर बिक्रम कार्की द्वारा हस्ताक्षरीत बिज्ञप्ती मार्फत गिरीलाई शुभकामना तथा समर्थन जनाईएको छ।

नेपाल फार्म ब्याबसायी संघ का अध्यक्ष समेत रहेका उमेदवार गिरीलाई संघमा आबद्द फार्म सण्चालकहरुको समेत समर्थन रहेको संघ का उपाध्यक्ष रबिन्स बिक्रम डाङ्गी ले बताए।संगितिक समुह, चलचित्र क्षेत्र, पर्यटन क्षेत्र तथा आभियान्ता बिच परिचित गिरीलाई कृषी बैज्ञानिक मदन राई, सेफ बिनेद बराल, बिश्व साईकल यात्री पुस्कर शाह, चलचित्र निर्देशक निश्चल बस्नेत नायक बिपीन कार्की, गायक घिरज राई, शिव मुखीया, नबिन के भट्टराई, सुगम पोखरेल तथा रोहित शाक्य सहितको समर्थन रहेको गिरी ले बताए। स्वतन्त्र युवा उमेदवार गिरीलाई उनका आफ्नै पिता समाजसेवी भुपेन्द्र गिरीले आफु अहिले सम्म राजनैतीक पार्टिमा आबद्द भएको भए पनि आगमी निर्वाचनमा स्वतन्त्र भएर उमेदवार गिरीलाई समर्थन गर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा उपस्थीत क्षयाकार चिन्तत राज भण्डारी उत्साहित हुदै भने “गिरी राष्ट्रिय ब्यक्ती हुन मेरो पनि समर्थन छ।”

कार्यक्रममा उमेदवार गिरीलाई अन्य बिभिन्न पार्टीमा आस्था भएका तथा स्वतन्त्र युवाहरुले समेत समर्थन जनाएका थिए।

कमेन्टहरु
Loading...