स्याङ्जा चापाकोट नगरपालिका एकसाता बन्द हुने

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिकाका कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने भएको छ ।

पछिल्लो समय नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा संक्रमण पुष्टि भएको हो ।

केही दिनअघि भारत भम्रण गरी फर्किएकासहित ५ जनामा कोराना संक्रमण देखिएपछि नगरपालिकाभित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख शिव कुमारी गिरीले जानकारी दिए ।

नगरपालिकामा बन्द अवधिभर बजार क्षेत्रका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु पूर्ण रुपमा वन्द गरिने छ ।

नगरपालिकाले जरुरी कामबाहेक घर बाहिर नस्किने र उच्च सतकर्ता अपनाउन नगरवासीमा अपिल गरेको छ ।

कमेन्टहरु
Loading...