स्नातक दोस्रो वर्षको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

पोखरा । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७, तालचोकमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा लिइएको स्नातक दोस्रो वर्षको वार्षिक परीक्षामा विशिष्ट श्रेणी सहित उत्कृष्ट अंकका साथ उत्तिर्ण हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल यस कलेज बाट प्रथम हुने सिम्रन रेग्मीले ७७.४० प्रतिशत अंक प्राप्त गर्न सफल भएकी छन् ।

उक्त अवसरमा मन्तव्य राख्दै कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थीको पहिलो रोजाइ बन्दै गएको भन्दै कलेजको शैक्षिक गुणस्तरलाई अझै माथि उकास्न एवं विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि सञ्चालक समिति प्रतिबद्ध रहेको बताए ।

उत्कृष्ट बिद्यार्थी लाई खादा, माला,अविर तथा पुरस्कार प्रदान गरिएको थियो । कलेजका प्रमुख यदुराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिम्रन रेग्मी, सुनिता गुरुङ्, रञ्जना रिमाल, अनिता न्यौपाने, दिपेश सुवेदी लगायतका विद्यार्थीहरुले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...