सूर्य बहादुर केसीको स्थानमा मोहन पाण्डे सांसद

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको ठाउँमा महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने भएको छ ।

केसीको निधनपछि रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सांसद बनाउने भएको हो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए ।

निर्वाचन आयोेगले केसीको निधन भएका कारण बन्दसूचीमा उनीपछि नाम रहेका पाण्डे सांसद बन्ने जनाएको छ ।

पाण्डे २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।

 

कमेन्टहरु
Loading...