सिरुवारीसहित स्याङ्जाका होमस्टे खुले

स्याङ्जा । ‘होमस्टे एशोसियसन नेपाल’ ले देशभरका होमस्टे खोल्ने निर्णय गरेपछि स्याङ्जाका होमस्टे आज मंगलबारदेखि संचालनमा आएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखी बन्द रहेको शिरुबारी होमस्टे सहित जिल्लाका अन्य होमस्टेहरु संचालनमा आएका हुन ।

कोरोनाका कारण पर्यटन क्षेत्र नै ठप्प रहेको बेला गाउँमा पाहुना राख्न सक्ने स्थिति हुने कुरै भएन ।

तर पछिल्लो समय देशमा पुनः पर्यटनले लय समात्न सुरु गरे पश्चात् स्याङ्जाका होमस्टेमा गाउँहरुले पाहुना बोलाउन सुरु गरेका छन् ।

सोहि अनुरुप नेपालकै पहिलो होमस्टे सिरुबारीबाट फेरि अतिथी सत्कारका लागि तयार रहेको सन्देश दिन परिचयात्मक कार्यक्रम गरेका छन् ।

आजदेखी संचालन भएका स्याङ्जाका होमस्टे गाउँहरु पाहुनाका लागि खुले भन्ने सन्देश दिन सिरुबारीमा स्याङ्जाका होमस्टे गाउँका प्रतिनिधि जम्मा भएर परिचयात्मक कार्यक्रम गरेका हुन् ।

परिचयात्मक कार्यक्रममा बोल्दै सिरुबारी होमस्टेका संयोजक जुम गुरुङले स्याङ्जाको होमस्टे अतिथी सत्कारका लागि तयार रहेको बताएका छन् ।

‘कोरोना कहरले थलिएको पर्यटन क्षेत्र जोगाउन होमस्टेले महत्त्वपूर्ण भुमिका खेल्छ’ उनले भने,’हामी पुन पर्यटन क्षेत्र चलायमान बनाउन अतिथी सत्कारका लागि तयार छौँ ।’

२०५४ सालमा पाहुनालाई राख्न होमस्टेको अवधारणा भएपश्चात आजको दिनसम्म स्याङ्जामा ४९ होमस्ट संचालनमा आएका छन् । जसले २ हजार जना पाहुना राख्न सक्ने क्षमताको विकास गरिसकेका छ ।

कमेन्टहरु
Loading...