साग अन्तरगतको ट्रायथलन सोमबार देखि

पोखरा, १५ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेल मंसिर १६ गतेदेखि शुरु हुने भएको छ । ३ दिनसम्म चल्ने ट्रायथलन प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुने भएको हो ।

नेपाल, भारत र श्रीलका गरि तिन देशका २६ खेलाडीको सहभागिता रहने खेलमा पुरुष र महिला दुवै विधामा संचालन हुनेछ । खेल तालिका अनुसार १६ गते पहिलो दिन पुरुष र महिलातर्फको स्प्रिन्ट बिधाको ट्रायथलन, १७ गते दोश्रो दिन पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुवाथलन र १८ गते अन्तिम दिन मिक्स ट्रायथलन हुने भएको छ ।

ट्रायथलनका लागि पुरुष र महिला दुवै विधामा ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको छभने दुवाथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । त्यसैगरि मिक्स ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

पोखराको फेवातालको छेउ कोमागाने पार्कबाट शुरु हुने प्रतियोगितामा भाग लिने सबै देशका खेलाडीहरु तयारी अवस्थामा रहेका नेपालका लागि ट्रायथलन कोच सानुभाई पौडेलले जानकारी दिए । पौडी, साईकलिङ र दौडको मिश्रणलाई ट्रायथोलन भनिने यस खेल भव्यरुपमा सम्पन्न गर्न सम्वन्धित निकाय तिब्ररुपमा लागिरहेका छन् ।

कमेन्टहरु
Loading...