सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । बालबालिकामा कोरोना भाइरस संक्रमणको दर हरेक दिन वृद्धि हुँदै गए पछि सहरी क्षेत्रका विद्यालय बन्द हुने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफरिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय बन्द भए पनि विद्यालयले अर्चुअल कक्षा भने सञ्चालन गर्नुपर्ने सरकारले निर्देशन दिएको छ । विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन गराउनका लागि आजै आदेश जारी गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बालबालिकामा कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सही क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताएका छन् । त्यस्तै सिनेमा हलसहित पार्टी प्यालेस, रात्रिकालीन व्यवसाय, रंगशाला लगायत बढी भीडभाड हुने स्थान समेत बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...